
अहिले नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बंगालको खाडीमा बनेको ‘हामून’ नामक चक्रवातको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। यस वर्ष गत वर्षको जस्तो हिलाम्मे दशै नहुने हुदा ढुक्कसँग टीका लगाउन र घुमघाम गर्न सकिनेछ ।
प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार