२०८१ माघ १३ गते आइतवार

भोलि टीकाकाे दिन नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने

नेपाल प्रहरीले दसैंको टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्दै छ। प्रहरीले  टीकाको दिन मंगलवार बिहान साढे आठ बजेदेखि अपरान्ह चार बजेसम्म सञ्चालन गर्न लागेको हो । 

दसैंको टीकाको दिन सार्वजनिक सवारी कम चल्ने भएकाले आम सर्वसाधरणको लागि दुईवटा बस संचालन गर्ने भएकाे हाे । रुट नम्बर १ मा  बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक हुदैँ जय नेपाल हलसम्म परिक्रमा गर्ने  छ ।रुट नम्बर २ को बस नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यविनायक, चाबहिल, सुकेरधारा, चक्रपथ, टिचिङ हुदैँ बालुवाटारसम्म पुग्नेछ।

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस