
रानीमहल पुगेर तानसेनतर्फ फर्किएको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बर जीप आइतबार बेलुकी ५ बजेतिर सडकदेखि तल खोचमा खसेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका–१६ का रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी, साढे दुई वर्षका इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ बस्ने ५५ वर्षीया चुना धिताल रहेको प्रहरीले जनाएको छ । घटनामा परी गम्भीर घाइते चालक ३५ वर्षीय ईश्वर लोहनी पनि देवचुलीकै रहेका छन ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार