२०८१ असोज ३ गते बिहिवार

बिगतको तुलनामा खसीबोकाको व्यापारमा कमी

नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा विभिन्न जिल्लाहरुबाट खसीबोका ल्याएपनि व्यापार भने उल्लेख्य नभएको गुनासो गरे । उनीहरुले दुर्गम जिल्लाहरुबाट खसी बोका किनेर नल्याउँदा काठमाडौं उपत्यकामा खसीबोका महंगो परेको बताए । उनीहरुले सरकारले काठमाडौं भित्रिने नै खसीबोका किनेको र दुर्गम जिल्लाहरुबाट नल्याएकाले महंगो पर्न गएको उनीहरुको भनाइ छ । एक सर्वसधारणले काठमाडौं आउने निश्चित खसीबोका नै किनेर ल्याएको र दुर्गम क्षेत्रबाट किनेर नल्याउँदा महंगो परेको बताए ।

त्यस्तै पशुचौपाया खरिद बिक्री संघका उपाध्यक्ष सन्तोषबहादुर खत्रीले पहिलाको तुलनामा यस वर्ष थोरै मात्रामा मात्रै बिक्री भइरहेको बताए । उनले मानिसहरुसँग पैसा कमी भएकाले दशैँमा चहलपहल नभएको र अरु बेलाको जस्तै मूल्य रहेको बताए। यस वर्ष भारतबाट आयात ठप्प भएको र नेपालकै खसीबोकाहरु प्रशस्त रहेको बताए।

उनीहरुले रुकुम, रोल्पा, सल्यान, झापा, इलाम, भोजपुर, ओखलढुंगा, खोटाङ। काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लबाट खसीबोका काठमाडौं आएको बताए ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस