गैरआवासीय नेपाली संघ (एनआरएनए) बिहीबार राति भएको निर्वाचनको परिणाम अनुसार डा बद्री केसी अध्यक्षमा निर्वाचित भएका थिए तर, सो निर्वाचनमा धाँधली भएको भन्दै प्रतिस्पर्धीहरुले परिणाम नमान्ने घोषणा गर्दै पुनः निर्वाचनको माग गरेका थिए ।
केसी बाहेकका पक्षको भेलाले एनआरएनए अध्यक्षमा राजेन्द्रकुमार (आरके) शर्मालाई विजयी भएको जनाउँदै उनकै अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको हो । काठमाडौंमा भएको ११ औँ महाधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको हो।
बद्री केसी नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गर्दै शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा गरिएको हो। यो समिति नै आधिकारिक भएको बताइएको छ।
प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार