२०८१ असोज ३ गते बिहिवार

पोल गाडिएको ८ वर्षपछि बत्ति बल्दा स्थानीय खुशि

सिद्ध कुमाख गाउँपालिका वडा नं ५ छापडाँडामा बिधुत उद्घाटन भएको छ । आफ्नो ५ वर्षिय कार्यकाल भित्रै उज्यालो सिद्ध कुमाख बनाउने लक्ष्य रहेको बताउदै गाउँपालिका अध्यक्ष भरत गिरीले छापडाँडामा स्वास्थ्यचौकी चाँदेको भवनमा स्वीच अन गर्दै बतीको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, वडा नं ५ का वडाध्यक्ष चुडामणी रेउले, वडा नं ३ का वडाध्यक्ष जिवराज बोहरा लगाएतको उपस्थिति रहेको थियो ।

२०७२ सालदेखि गाडिएका खम्वाहरुमा तार मात्र झुण्डिएकोमा ८ वर्षपछि वत्ति वलेपछि स्थानीयहरु खुशि देखिएका छन । गत आवको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै दशै अगाडी वत्ति बाल्न नसके राजिनामा दिने उद्घोष गरेका वडा नं ५ का वडाध्यक्ष रेउलेले बत्ति बाल्न सफल भएपछि कुनैपनि काम गर्न प्रतिवद्धता नगरी नहुने बताउनुभएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस