सल्यानको शारदा नगरपालिकाले श्रीनगर बजार लाई हरित र सुन्दर बनाउन भन्दै ७७ ठाउँमा विभिन्न प्रजातीका फुल सहितका ४७० थान गमला राखेको छ । नगर प्रमुख प्रकाश भण्डारी उप प्रमुख सुस्मिता सापकोटा सुनार, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, वडा अध्यक्ष प्रदिप पाण्डे सहित उद्योग वाणिज्य संघका पदाधिकारी,विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि लगायत स्थानीयहरुको सहभागीतामा गमला राख्ने काम गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
श्रीनगर बजारमा राखिने फुल सहितको गमलाले हरेक व्यक्तिले आफ्नो घरको फोहोर आफै व्यवस्थित गर्ने बानीको विकास हुने अपेक्षा लिएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार