सिद्ध कुमाख गाउँपालिकाले ९ जना कृषकलाई मिनि ट्रिलर वितरण गरेको छ । चालु आर्थिक वर्षको कृषि यान्त्रीकरण वितरण कार्यक्रम अनुसार पालिकाका विभिन्न फर्म तथा समुहमा आवद्ध कृषकहरुबाट माग संकलन गरी ९ जना कृषकलाई मिनि ट्रिलर वितरण गरिएको हो । कृषकको तर्फबाट ५० र गाउँपालिकाको तर्फबाट ५० प्रतिशत अनुदानमा माग र आवश्यकताका आधारमा उक्त मिनि टिलर वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष भरत गिरीले मिनि ट्रिलर हस्तान्तरण गर्दै कृषकको उत्पादनमा लागत घटाउन र कृषकलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउनका लागि अनुदानमा उपकरण दिइएको जनाउनुभयो । परम्परागत कृषिलाई त्यागेर कृषिलाई आधुनिकिरणतर्फ लैजानुपर्ने उहाँको भनाई रहेको थियो ।
प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार