फिनल्याण्ड सरकार बैदेशिक मामिला मन्त्रालय तथा सुस्वा परियोजना समन्वय इकाई कर्णाली प्रदेशबाट छत्रेश्वरी गाउँपालिकाको भ्रमणमा पाल्नुभएका व्यक्तित्वहरुलाई आज छत्रेश्वरी गाउँपालिकामा स्वागत तथा सम्मान गरिएको छ । सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना अन्तर्गत संचालन हुने योजना एवम् क्रियाकलापहरुको बारेमा गाउँपालिकाको सभाहलमा महत्वपूर्ण अन्तरक्रिया, छलफल सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । भ्रमणमा आएका फिनल्याण्ड सरकार बैदेशिक मामिला मन्त्रालयका प्रतिनिधीहरु (खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रका वरिष्ठ सल्लाहकारहरु) युक्का इलोमोई, सान्ना ताकाला, मारियो मिलानेस, सारा अलानेन, पाउलीना, सुस्वा परियोजनाका अनुगमन तथा मुल्यांकन विज्ञ विमल शर्मा भट्टराई, सुशासन विज्ञ निराजन श्रेष्ठ, खानेपानी तथा सरसफाई सल्लाहकार राज कुमार डिसी लगाएतको टोलीलाई गाउँपालिकामा स्वागत गरिएको थियो । उहाँहरुलाई छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, वडा नं ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, वडा नं ७ का वडा अध्यक्ष टेक बहादुर विष्ट, गाउँपालिकाका वास संयोजक निमराज केसी लगाएत गाउँपालिका परिवारले ढाँका टोपी, फुल, माला अविरले स्वागत सम्मान गर्नुभएको थियो ।
छत्रेश्वरी गाउँपालिकाले गर्यो फिनल्यान्ड सरकारको भ्रमण टोलीलाई स्वागत
प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
भखरै
धेरै पढिएको