चैत्र २, सल्यान । सल्यानको कालिमाटी गाउँपालिकाले विश्व उपभोक्ता अधिकार दिवस २०२४ को अवसरमा बजार अनुगमन गरेको छ । गाउँपालिकाको उपभोक्ता हित संरक्षण समितिको निर्णय तथा कालिमाटी गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७६ बमोजिम बजार अनुगमन गरि म्याद नाघेका सामाग्रीहरु ज*फत गरि न*ष्ट गरिएको छ ।
गाउँपालिकाको वडा न १, २ र ३ मा रहेका मूख्य मूख्य बजारक्षेत्रका ६५ पसलमा गरिएको अनुगमनबाट करिव ७ हजार बराबरको म्याद नाघेको अखाद्य सामान ज*फत गरि इलाका प्रहरी कार्यालयको फोहोर व्यवस्थापन गर्ने क्षेत्रमा न*ष्ट गरिएको गाउँपालिकाका सूचना अधिकारी विष्णु भण्डारीले बिपी सञ्चारलाई जानकारी दिनुभएको छ । अनुगमनको क्रममा बजार व्यवसायीहरुलाई म्याद गुर्जेका सामान बिक्री नगर्न तथा यदि त्यस्तो सामान भए छुट्टै छुट्याएर राख्न, आगामी दिनमा त्यस्तो सामान बिक्री वितरण गरेको पाइएमा जरि*वाना पारिने र व्यवसाय दर्ता नगरेका पसल यथासिघ्र दर्ता गरेर मात्र संचालन गर्न बजार अनुगमन टोलीबाट निर्देशन दिएको उहाँले जनाउनु भएको छ । बजार अनुगमन प्रशासन शाखा प्रमुख यज्ञ बहादुर खत्री, अधिकृत छैठौं जयराम घर्ती, सूचना प्रविधि अधिकृत विष्णु भण्डारी लगायत दिपिका खड्का, प्रदिप पुन, केशर सिंह बुढा, टेक बहादुर विक, दिपेन्द्र सिंह विसि , विजय कुमार वली, मोविलाल वली, हरिमाया सापकोटा, गंगाराम खत्री, राधिका केसी, सन्तोष गहतराज र भिमसेन वलीको सक्रियतामा सम्पन्न भएको थियो ।