२०८१ चैत्र १० गते आइतवार

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम सहित मनाइयो

सिद्ध कुमाख गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, सवैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA) र आसमान नेपाल सल्यानको संयुक्त आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम सहित मनाइएको छ ।  विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै  हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ ।

“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा लोकगित प्रतियोगिता, कुर्सिदौड प्रतियोगिता र घैटोफोर प्रतियोगिता राखिएको थियो भने विभिन्न आमा समुहहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुती गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राम बहादुर वस्नेत, निवर्तमान उपाध्यक्ष पुष्पा कुमारी बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद यादव, वास इकाईमा कार्यरत वास संयोजक प्रमोद लाल श्रेष्ठ  लगायतले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवशको को अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो भने सुचना तथा प्रविधि अधिकृत भिमलाल भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस