२०८१ चैत्र १० गते आइतवार

सरस्वती पुजाको दिन सल्यान सिद्ध कुमाखको माझखर्कमा बत्ति बल्यो

फाल्गुन २, सल्यान । सिद्ध कुमाख गाउँपालिका वडा नं ५ माझखर्कमा बिजुली बत्ति बलेको छ । गाउँपालिका अध्यक्ष भरत गिरी, उपाध्यक्ष राम बहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, वडा न ५ का वडाध्यक्ष चुडामणी रेउले लगायतको उपस्थितिमा बत्ति उद्घाटन गरिएको हो । माझखर्क, दहगाउँ र गुइदेमा आज एकैदिन बत्ति बाल्ने सूचना भएपनि प्राविधिक कारण माझखर्कमा मात्र बाल्न सकिएको वडाध्यक्ष चुडामणी रेउलेले जानकारी दिनुभयो । सवै वडामा कुनैपनि पक्षपात नगरी विकास गर्न आफु कटिवद्ध रहेको उपाध्यक्ष राम बहादुर बस्नेतले प्रतिवद्धता जाहेर गर्नुभयो भने उज्यालो सिद्ध कुमाख बनाउने उद्धेश्यका आफ्नो कार्यकाल भित्रै सवैको घरघरमा विद्युत पुग्ने गाउँपालिका अध्यक्ष भरत गिरीले बताउनुभयो । विकासका आधारभूत पक्षहरु सडक बाटो, खानेपानी, विधुत सँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विशेष जोड दिने उहाँले जनाउनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस