
आइतबार देखि जीवन ज्योती नमुना माद्यामिक बिद्यालय कपुरकोट गाउँपालिका ५ रिम सल्यानमा संचालन भएको जिल्लास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ । ३ दिन सम्म संचालन भएको प्रतियोगितामा भलिवल, कवड्डी, एथलेटिक्स र मार्सलआर्ट विधाका विभिन्न खेलहरु भएका थिए । जसमा छत्रेश्वरी गाउँपालिका सल्यानले १५ स्वर्ण, १२ रजत र ११ कास्य सहित कुल ३८ पदकमा जित हासिले गर्दै शिल्ड विजेता भएको छ । छत्रेश्वरी गाउँपालिकाले यस अघि भएका १२ औ र १३ औ रनिङ शिल्डको पनि विजेता हो । यसरी लगातार ३ पटक शिल्ड जित्दै छत्रेश्वरी गाउँपालिकाले पालिकामा शिल्ड पुर्ण रुपमा लिन सफल भएको छ । त्यसैगरी कपुरकोट गाउँपालिकाले १० स्वर्ण, ११ रजत र १३ कास्य सहित ३४ पदक जित्दै दोस्रो र ९ स्वर्ण, ७ रजत र ८ कास्य सहित २४ पदक जित्दै शारदा नगरपालिका तेस्रो भएका छन ।
पदक | छात्रतर्फ | छात्रातर्फ |
स्वर्ण | सिद्ध कुमाख गाउँपालिका | शारदा नगरपालिका |
रजत | कपुरकोट गाउँपालिका | सिद्ध कुमाख गाउँपालिका |
कास्य | छत्रेश्वरी गाउँपालिका | बनगाड कुपिण्डे नगरपालिका |

छत्रेश्वरी गाउँपालिकाः स्वर्णः १५ रजतः १२ कास्यः ११ कुल पदकः ३८
कपुरकोट गाउँपालिकाः स्वर्णः १० रजतः ११ कास्यः १३ कुल पदकः ३४
शारदा नगरपालिकाः स्वर्णः ९ रजतः ७ कास्यः ८ कुल पदकः २४
दार्मा गाउँपालिकाः स्वर्णः ७ रजतः ८ कास्यः २ कुल पदकः १७
कुमाख गाउँपालिकाः स्वर्णः ५ रजतः ४ कास्यः ३ कुल पदकः १२
सिद्ध कुमाख गाउँपालिकाः स्वर्णः ३ रजतः ६ कास्यः १२ कुल पदकः २१
बागचौर नगरपालिकाः स्वर्णः ३ रजतः ६ कास्यः ८ कुल पदकः १७
त्रिवेणी गाउँपालिकाः स्वर्णः १ रजतः २ कास्यः ५ कुल पदकः ८
कालिमाटी गाउँपालिकाः स्वर्णः १ रजतः – कास्यः १ कुल पदकः २
बनगाड नगरपालिकाः स्वर्णः – रजतः – कास्यः २ कुल पदकः २

पदक | छात्रतर्फ | छात्रातर्फ |
स्वर्ण | सिद्ध कुमाख गाउँपालिका | शारदा नगरपालिका |
रजत | छत्रेश्वरी गाउँपालिका | छत्रेश्वरी गाउँपालिका |
कास्य | शारदा नगरपालिका | सिद्ध कुमाख गाउँपालिका |
