
सिद्धकुमाख गाउँपालिकामा २ मा रहेको देउराली माबिको ४ कोठ भवनको शिलान्यास गरिएको छ । भवनको एक कार्यक्रमका बिच शुक्रबार कर्णाली पदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले शिलान्यास गर्नुएको हो ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै कृषि मन्त्री शर्माले शिक्षा क्षेत्र बलियो बनाउनका लागि भौतिक भुर्वाधारहरुको पनि आवश्यक पर्ने भएकाले सरकारले यतातर्फ ध्यान दिएको बताउनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथि सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले गाउँपालिकाका भित्रका सामुदायिक बिद्यालयका भौतिक पुर्वाधारलाई प्राथामिकता दिएको बताउनु भयो ।
कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तरगतको आ. ब. २०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार पचास लाख रुपैया लागतमा ४ कोठे पक्कि भवन निर्माण हुन लागेको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोबिन्द चलाउनेले बताउनु भयो । चार कोठे भवन जेव मसान्त सम्म सक्ने उहाँले बताउनु भयो ।