
शारदा नगरपालिका स्तरिय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मंलबार देखि सुरु भएको प्रतियोगिता बिहिबार सम्पन भएको हो । प्रतियोगितामा शारदा १ स्थित शिवजन मावि प्रथम भएको छ । १७ स्वर्ण, १५ रजत र ८ कास्य सहित शिवजन मावि प्रथम हुन सफल भएको हो ।

प्रतियोगितामा शारदा २ स्थित त्रिजमावि लुहापिङ ११ स्वर्ण, ९ रजत र १० कास्य सहित दोस्रो भएको छ । त्यस्तै शारदा ४ स्थित मेहन्द्र रत्न मावि पिपलनेटा ८ स्वर्ण, ६ रजत र ५ कास्य सहित तेस्रो भएको छ ।
प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र १ कास्य सहित शारदा १२ स्थित शिव मावि मुलडाँडा सान्न्वना भएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई क्रमश २५ हजार, २० हजार, १५ हजार र ६ हजार नगद, प्रमाणपत्र,ट्रफि प्रदान गरिएको थियो भने प्रतियोगिताको विभिन्न विदामा स्थान हासिल गर्ने खेलाडीलाई मेडल, प्रमण पत्र प्रदान गरिएको थियो । प्रतियोगितालाई सफल बनाउन भूमिका खेलेका सहभागी विद्यालय, उत्कृष्ठ खेलाडी र रेफ्रिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

शारदा नगरपालिका स्तरिय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा त्रिजमावि लुहापिङ आयोजक विद्यालयको रुपमा रहेको थियो । प्रतियोगितामा भलिवल तर्फ छात्र छात्रा, कवड्डी तर्फ छात्र, छात्रा, एथ्लेटिकस तर्फ छात्र,छात्रा र मार्सल आर्ट अन्तरर्गत कराते र तेक्वान्दो खेलमा १५ वटा सामुदायिक र संस्थागत विद्यालयका छात्र, छात्रा सहभागी रहेका थिए ।