शारदा नगरपालिका सल्यान र तार्केश्वर नगरपालिका काठमाण्डौ विच भगिनी सम्बन्ध कायम भएको छ। शारदाका मेयर प्रकाश भण्डारी र तार्केश्वरका मेयर कृष्णहरी महर्जन विच विगतमा भगिनी सम्बन्धका विषयमा छलफल भएको थियो । केही दिन पहिलेमात्रै शारदा नगरपालिकाको विशेष आमन्त्रणमा सल्यान आउनुभएका तार्केश्वरका मेयर समक्ष भगिनी सम्बन्धका लागि शारदाका मेयरले प्रस्ताव गर्नुभएको थियो । शारदा नगरपालिकाको प्रस्ताव स्वीकार गरेपछि दुई पालिका विच भगिनी सम्बन्ध कायम भएको हो । शारदा नगरपालिकाको यो दोस्रो भगिनी सम्बन्ध हो । शारदा नगरपालिका र ललितपुर महानगर पालिका विच यस अघि नै भगिनी सम्बन्ध कायम भै सकेको मेयर भण्डारीले जानकारी दिनुभएको छ ।
दुई पालिकाबीचको भगिनी सम्बन्धले योजना तथा कार्यक्रमको आदानप्रदान, संस्कृति, परम्परा संरक्षण गर्ने तरिका तथा अन्य क्षेत्रका अनभुव र सीप साटासाट हुने अपेक्षा गरिएको छ ।