
सारदा नगरपालिा सल्यानले नगरपालिकाको वडा नम्बर ८ र १० का वैदेशिक राेजगारमा गएका परिवारका सदस्य तथा स्थानिय समुदायसंग छलफल तथा अन्तर्क्रिया गरि अन्तरास्ट्रिय आप्रवासी दिवस २०२३ मनाएको छ । शारदा नगरपालिकाकाे सामि कार्यक्रम तथा फेल्म नेपाल,सी एम सी नेपाल र शारदा नगरपालिकाकाे साझेदारीमा संचालित प्रवासि कामदार तथा उनिहरुका परिवारका सदस्यहरुकाे मानसिक स्वास्थ्य तथा सुस्वास्थ्य प्रवर्द्धन परियाेजना संगकाे सहकार्यमा दिवस मनाइएकाे हो।
शारदा नपा वडा नम्बर ८ का कार्यबाहक अध्यक्ष लुट बहादुर बुढाथाेकिकाे अध्यक्षता तथा नगर उप प्रमुख सुस्मिता सापकाेटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामि कार्यक्रम अधिकृत विमल गाैतम र सी एम सी नेपालका मनाेसामाजिक परामर्शकर्ता मिना बुढाथाेकिले आप्रवासी हरुकाे अवस्था, परिवारमा पर्ने मनाेसामाजिक समस्या , लान्छना लगायतका विषयमा जानकारि गराउनु भएकाे नगरपालिकाले जनाएको छ ।
