आव २०८०/८१ को बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत योजनाहरुको कार्यान्वयन गर्न बागचौर नगरपालिकाले योजना सम्झौता देखि बैक खाता खोल्ने सम्मका काम वडाबाटै हुनेगरी सुरुवात गरेको छ । आज पौष २ गते वडा नं. २ र ३ मा योजनाहरु वडामै एकिकृत रुपमा सम्झौता गर्ने काम सुरु गरेको हो । वडास्तरबाटै योजना सम्झौता गर्ने कार्यबाट वडाका नागरिकले नगरपालिका कार्यालय सम्म पुग्नुपर्ने बाध्यता र सास्ती बाट मुक्ति पाउने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले योजना सम्झौता मात्र नभई स्थानीय बैंकसँग सहकार्य गरेर वडाबाटै खाता खोल्ने व्यवस्था समेत मिलाएको छ । वडा स्तरबाटै योजना सम्झौता गर्दा सम्बन्धित वडाका उपभोक्ता समितिमा बसेका पदाधिकारी तथा वडाबासीलाई धेरै राहत भएको नगरपालिकाले बताएको छ । यस कार्यकाे थालनी नगरपालिकाले गत वर्ष देखि सुरुवात गरेकाे हाे । नगरपालिकाले आज वडा नं. २ र ३ मा नगर प्रमुख जनकराज गाैतम, वडा अध्यक्ष दिपेश डि.सी, भिम प्रकाश भण्डारी, याेजना शाखाका कर्मचारी लगाएत वडाका जनप्रतिनिधि, वडा सचिव र प्राबिधिक कर्मचारी, बैंकका कर्मचारीकाे उपस्थितिमा वडा नं. २ मा ४ वटा, वडा नं. ३ मा ५ वटा याेजनाहरुकाे सम्झौता गर्ने कार्य, बैंक खाता खाेल्ने कार्य र उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।