२०८१ मङ्सिर १९ गते बुधवार

सिद्ध कुमाख गाउँपालिकामा विद्युतिय हाजिरीको सुरुवातः सेवा प्रवाहमा थप सुधार हुने

सिद्ध कुमाख गाउँपालिका सल्यानले बिद्युतिय (ईलेक्ट्रोनिक) हाजिरीको सुरुवात गरेको छ । पालिकाले पुष १ गते आइतबारदेखि पुर्ण रुपमा लागु हुनेगरी विद्युतिय हाजिरीको सुरु गरेको हो । कर्मचारी कुन समयमा आउने र जाने दुवै समय प्रतिवेदनमा देखिने भएपछि समयमै कार्यलयमा उपस्थित भई सेवा प्रवाहमा थप सुधार हुने साथै कर्मचारीको अनुपस्थिति हुने क्रमको अन्त्य भई नियमित कार्य सम्पादनमा टेवा पुग्ने उद्देश्यले विद्युतिय हाजिरी सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताउनुभएको छ ।उहाँले भन्नुभयो “ म्यानुअल हाजिरीले भन्दा विद्युतिय हाजिरीले सबैलाई समय मै उपस्थित हुनुपर्ने कुराको बोध भई कर्मचारीको उपस्थितिलाई नियमित गराउने छ । यसले गाउँपालिकाको विकासमा थप टेवा पुग्नेछ, त्यहि भएर विधुतिय हाजिरी सुरु गरेका हौँ।” कार्यालयमा सवैभन्दा धेरै उपस्थित हुने कर्मचारीलाई प्रोत्साहन गर्न समेत विद्युतिय हाजिरी उपयोगी हुने उहाँले जनाउनुभयो ।


गाउँपालिकाको कार्यलय, वडा कार्यालय, स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य इकाईमा आइतबारदेखि विद्युतिय हाजिरी सञ्चालन भएको हो । यसलाई विस्तारै पालिका भित्रका सामुदायिक विद्यालयमा पनि सुरु गरिने गाउँपालिकाले जनाएको छ । सूचना प्रविधि विभागले निर्माण गरेको केन्द्रिकृत हाजिरी प्रणाली सेवा गाउँपालिकाको सूचना प्रविधि शाखाको सहयोगमा स्थापना गरिएको हो ।

समयमै हाजिर लगाउन कर्मचारी समयमै उपस्थित

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस