२०८१ मङ्सिर १९ गते बुधवार

सल्यानमा परापूर्वकाल देखि लाग्दै आएको साईकुमारी मेलामा विविध कार्यक्रम सहित उद्घाटन

सल्यानको सिद्व कुमाखमा साईकुमारी मेला खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गरिएको छ । देउराली माध्यामिक बिधालय सिद्व कुमाख २ कुयझोलको प्रागनमा सुरु भएको कार्यक्रमको शनिबार उद्घाटन गर्दै सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले पौराणिक मेला महोत्सवहरुको संरक्षण गर्नु सकारात्मक पक्ष भएको बताउनु भएको छ । स्थानीय पाठ्यक्रममा समेत उल्लेख भएको यस मेलाको जगेर्ना गर्न लागि परेको बताउनु भयो । उहाँले साइकुमारी मेलाको अवसरमा ४ दिन सम्म संचालन हुने खेलकुद प्रतियोगिता अनुसाशित एवं मर्यादित संग संचालन गर्न आयोजकलाई निर्देशन दिनु भएको छ भने,कार्यक्रम सफलताको कामना व्यक्त गर्नु भएको हो ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै सिद्व कुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले प्रत्येक बर्ष मंसिर महिनाको औसीमा लाग्ने साइकुमारी मेलाको आफ्नै महत्त्व रहेको बताउनु भयो । उहाँले उक्त स्थानमा साइकुमारी नामक पानी जाग्ने र त्यो पानी जागेको स्थानमा आएर भक्तजनहरुले पुजा आराधना गर्ने,त्यहाँ बर मागे इच्छाशिद्वी हुने धार्मिक बिश्वास राहेको बताउनु भयो । कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका बस्नेतले यस बर्ष मेलाको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजनाले सकारात्मक सन्देश दिएको बताउनु भयो । कला साँस्कृति,खेलकुद राष्ट्रको सान,धार्मिक स्थल पर्यटन प्रचारप्रसार हाम्रो अभियान,भन्ने नारा सहित संचालन गरिएको उक्त कार्यक्रममा खुल्ला पुरुष भलिबल प्रतियोगिता,महिला भलिबल प्रतियोगिता गाउँपालिका भित्रका,आधारभुत बिधालय तह ( ६-८)स्तरीय हाजिरी जवाफ प्रतियोगिता,मावि स्तरीय वक्तित्वकला प्रतियोगिता,आधारभुत तह (१-५) स्तरीय हिसाब दौड प्रतियोगिता सन्चालन हुने देउराली माध्यमिक बिधालयका बिधालय व्यवस्थापन समिती अध्यक्ष गोविन्द चलाउनेले बताउनु भयो । देउराली माध्यामिक बिधालय सिद्व कुमाख गाउँपालिका वडा नं.२ कुयझोलको आयोजनामा भएको कार्यक्रममा, सिद्व कुमाख गाउँपालिका वडानं. २ का वडा अध्यक्ष मेक बहादुर बुढाथोकी, ३ न वडा अध्यक्ष जिबराज बोहरा, ५ न वडा अध्यक्ष चुडामणिा रेउले, कार्यपालिका सदस्य केशर परियारले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भयको थियो । उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य,वडासदस्य,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,शिक्षक बिद्यार्थी,खेलाडी लगाएत दर्शकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस