
कर्णालीमै पहिलो पटक भएको कर्णाली प्रदेशस्तरीय पुरुष RUGBY7s (रग्बी) प्रतियोगितामा सल्यान प्रथम भएको छ । आज बिरेन्द्रनगरमा भएको फाइनल खेलमा सुर्खेतलाई हराउदैँ सल्यान प्रथम भएको हो। उक्त प्रतियोगीता कर्णाली प्रदेश RUGBY संघले आयोजना गरेको थियो । आज नै कर्णाली प्रदेश भलिबल संघको आयोजनामा सुर्खेतको बिरेन्द्र नगरमा शुक्रवार देखि संचालन भएको भलिबल प्रतियोगितामा सल्यान प्रथम भएको छ । आगामी पौष २० देखि २५ गते सम्म सुर्खेतमा हुने ३४ औ पुरुष भलिबल प्रतियोगिताको छनौट प्रतियोगितामा सल्यान प्रथम, सुर्खेत दोस्रो र रुकुम पश्चिम तेस्रो भएका हुन ।
प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार