२०८१ कार्तिक १७ गते शनिवार

सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरी प्रहरी सामु पुगे

सल्यानको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति अन्दाजी ४५ वर्षका डम्मर सार्कीले आफ्नी श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधवार बिहान डम्मर आफैले श्रीमतीको हत्या गरेको भन्दै ढोरचौर प्रहरीचौकीमा पुगेपछि प्रहरीले नियन्त्रणमा राखेको छ। हत्या स्वीकाराेक्ती गरेका सार्कीलाइ प्रहरीले अहिले जिल्ला प्रहरी कार्यालय सल्यानमा लगेकाे छ । घटनाकाे कारण भने खुलेकाे छैन। अहिले प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस