सल्यान जिल्लाको सिद्ध कुमाख गाउँपालिकाले पालिका भित्रका २७ वटा आमा समुहलाई साउण्ड सिस्टम वितरण गरेको छ । हरेक टोल टोलमा जनचेतनामूलक कार्यक्रम गर्नलाई आमा समुहको महत्वपुर्ण भुमिका रहेको साथै पुराना कला र संस्कृतिको संरक्षणमा समेत आमा समुहले सक्रिय भुमिका निर्वाह गर्दै आएको हुदाँ साउण्ड सिस्टम प्रदान गरिएको गाउँपालिका अध्यक्ष भरत गिरीले बताउनुभयो । आउदै गरेको शुभ दिपावलीको अवसरमा गाउँघरमा देउसीभैलो खेल्न सहज हुने भन्दै साउण्ड सिस्टमको भरपुर उपयोग हुने लेकवेशी स्वास्थ्य आमा समुहकी अध्यक्ष चन्द्रकला बुढाथोकीले जनाउनुभयो ।
प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार