
आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्नेछ । खेल ११ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ ।
फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।
यस प्रतियोगितामा नेपाल र ओमान समूह चरणको खेलमा आमनेसामने भइसकेका छन् । समूह ए अन्तरगत भएको खेलमा ओमानले नेपाललाई रोमाञ्चक खेलमा ५ रनले हराएको थियो । आजको खेलमा नेपालसँग उक्त हारको बदला लिने अवसर रहेको छ । आज हुने फाइनल खेलमा टिकटबाट उठेको 50% रकम भूकम्प प्रभावितलाई प्रदान गर्ने क्यानले जनाएको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार