नेपाल १० बर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मुलपानी मैदानमा भएको खेलमा यूएईलाई ८ विकेटले हराउदै २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएको हो ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको लक्ष्य दिएको थियो । सो लक्ष्यलाई नेपालले १७ ओभरमा दुई विकेटको क्षतिमै लक्ष्य भेट्यो ।
नेपालका लागि अपनर आसिफ शेखले सर्वाधिक ६३ रन जोडे । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।
दर्शकहरुको भिड
प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार