२०८१ माघ १३ गते आइतवार

ICC T-20 विश्‍वकप एसिया छनोटमा नेपाली खेलाडीलाई प्रोत्सान दिदै डिस होमले गर्यो आकर्षक पुरस्कार घोषणा

आईसीसी टी २० विश्‍वकप एसिया छनोटमा नेपाली खेलाडीलाई प्रोत्सान दिदै डिस होमले आकर्षक पुरस्कार घोषणा गरेको छ।

७ विधा अन्तर्गत कम्पनीले खेलमा सेन्चुरी प्रहार गर्ने र ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ दिने जनाएको छ।

त्यस्तै शतक प्रहार गर्नेले १० लाख, ५ विकेट लिनेले ५ लाख तथा अर्धशतक प्रहार गर्ने र ३ विकेट लिने खेलाडीले १ लाख रुपैयाँ जनाएको छ । त्यस्तै ३५ रन बनाउनेले ५० हजार र ३ क्याच या स्टम्पिङ गर्नेले ५० हजार रुपैयाँ पाउनेछन् ।

यस्तो छ पुरस्कार विवरण:

एकै खेलमा Century र 5 Wickets दुवै गरेमा रु. 20 लाख
Century हानेमा रु. 10 लाख
5 Wickets लिएमा रु. 5 लाख
Half-Century हानेमा रु. 1 लाख
3 Wickets लिएमा रु. 1 लाख
35 Runs को लागि रु. 50 हजार
3 Catches/Stumpings गरेमा रु. 50 हजार

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस