२०८१ माघ १३ गते आइतवार

सल्यानमा कुटपिट गर्ने दुवैजना पक्राउ: हत्या गरेको स्विकार

सल्यानमा दुई युवाको कुटपिटबाट एक जना २० वर्षीय युवकको मृत्यु भएपछि त्यसमा संलग्न भनिएका दुवै जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

घटनामा संलग्न बागचौर नगरपालिका– ७ स्यालाका २५ वर्षीय केशर वलीलाई बुधबार मध्यराति बागचौर नगरपालिका -९ मौरीघारे परिलेखमा लुकिछिपि बसेकाे अवस्थामा र साेहि ठाउँका २३ वर्षीय सन्तोष वलीलाई बुधबार दिउँसो दाङकाे तुलसीपुर उपमहानगरपालिका -१२ रझेनाबाट बुधबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बागचौर नगरपालिका -७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीलाई उनिहरुले कुटपिट गर्दा उनकाे बुधबार बिहान भारतकाे नानपारामा मृत्यु भएको थियो ।

घटना गत ४ गते भएको भएपनि पिडित परिवारले ७ गते बेलुका मात्रै प्रहरीलाई जानकारी गराएका थिए। साेहि ठाउँ स्थित स्यालाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते उनलाई कुटपिट गरेकाे र कुटपिटपछि घाइते भएका उनको उपचारका क्रममा भारतको नानपारामा मृत्युु भएको भन्ने खबर परिवारले इलाका प्रहरी कार्यालय थारमारेलाई मंगलबार बेलुका मात्रै जानकारी गराएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए।

घटनाको कारण: घटना भएको पुरानछापकाे स्थित उपकार आधारभूत विद्यालयकाे खेलमैदानमा भलिबल खेल्न जम्मा भएपछि स्याला भन्ने ठाउँका केशर र सन्तोष पनि भलिबल खेल्ने मैदानमा आएर घनश्यामलाई ‘हामीहरू तेरो दाई पर्छौं ढोग गर’ भने तर घनश्यामले उनिहरुलाई नढाेगेपछि घटना भएको पिडित परिवारले प्रहरीलाई बयान दिएको छ।त्यसपछि उनिहरु दुवै जनाले घनश्यालाई पालैपालो हानेको पीडित परिवारले बताएको छ । घनश्यामले पिटाइ खाइसकेपछि बेलुका घरमा आएर टाउको दुखेको छ भनेर खाना नखाई सुतेको र त्यसबेला घटनाबारे परिवारलाई घटनाबारे परिवार ६ गते मात्रै थाहा दिएपछि
बागचौर स्थित जनप्रिय मेडिकलमा लिदा शरिर भित्र रगत जमेको बताएपछि उनिहरु भारतकाे लखनउ पुगेका घनश्यामकाे उपचारको क्रममा आज बिहान मृत्यु भएको परिवारकाे भनाइ उदृध गर्दै डिएसपी कार्कीले बताए।

पक्राउ पछि अभियुक्त दुबै जनाले हत्या स्विकार गरिसकेका छन। घनश्याम माथि पहिला केशरले कुटन सुरु गरेपछि सन्तोषले पनि थपेको प्रहरी अनुसन्धानका क्रममा उनिहरुले बयान दिएको डिएसपी कार्कीले बताए। घनश्यामकाे पाेष्टमार्टम रिपोर्टमा टाउको र छातीमा गहिरो चाेट देखिएकाे छ। अहिले उनिहरु माथि जिल्ला अदालत सल्यानबाट कर्तव्य ज्यान मुद्दामा जरुरी पक्राउ पुर्जी स्वीकृत गरि इलाका प्रहरी कार्यालय थारमारेकाे हिरासतमा राखि थप अनुसन्धान भइरहेको र साेमबार अदालत खुलेपछि म्याद थप गरि मुद्दा प्रक्रिया अघि बढाइने तयारी भएको डिएसपी कार्कीले बताए।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस