२०८१ कार्तिक १७ गते शनिवार

सल्यानमा कुटपिटबाट घाइते भएका घनश्यामको उपचारका क्रममा मृत्यु

दुईजना युवाको कुटपिटबाट घाइते भएका सल्यानका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका – ७ कोटबाराका २० वर्षीय घनश्याम वलीमाथि बागचौर– ८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले कात्तिक ४ गते कुटपिट गरेका थिए। भलिबल खेल हेर्न गएका घनश्यामलाई केशर र शन्तोषले सामान्य वादविवाद उत्पन्न गरी (आफुलाई नढोगेको भनी) कुटपिट गरेेका थिए ।

जिल्लामा उपचार हुन नसकी भारत रिफर गरिएका घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको छ ।

कुटपिटमा संलग्नमध्ये सन्तोष पक्राउ परेका छन्। उनलाई दाङ प्रहरीको सहयोगमा बुधबार पक्राउपछि सल्यान ल्याउन लागिएको डिएसपी कार्कीले बताए। केशर भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस